(१) नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा सेवा
प्रवाहका लागि आवश्यक पर्ने सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी निर्धारण गर्न तोकिए
बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्नेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “समिति” भन्नाले सङ्गठन तथा व्यवस्थापन
सर्वेक्षण समिति सम्झनु पर्छ ।
(२) समितिले सङ्घ, प्रदेश र स्थानीय तहको संविधान बमोजिमको अधिकारको
सूची, कार्य प्रकृति र औचित्य समेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी
सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी नेपाल सरकारमा
सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम स्थानीय तहको लागि कर्मचारी दरबन्दी सिफारिस गर्दा
समितिले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी समायोजन भई पदपूर्ति हुने दरबन्दीको
विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले उपदफा (२)
बमोजिम सङ्गठन संरचना र कर्मचारी दरबन्दी सिफारिस गर्दा सरकारी सेवाका विभिन्न
सेवा, समूह, उपसमूह, श्रेणी वा तहलाई सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा वा
स्थानीय सेवाको मिल्दो सेवा, समूह, उपसमूह, श्रेणी वा तहमा तोकिए बमोजिम मिलान
गरी सिफारिस गर्नेछ ।
(५) उपदफा (२) बमोजिम समितिले सिफारिस गरेको आधारमा नेपाल सरकारले
सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत गर्नेछ ।
(६) समितिको कार्यावधि बढीमा छ महिनाको हुनेछ ।
(७) उपदफा (१) बमोजिमको कामको लागि समितिले आवश्यकता अनुसार
उपसमिति गठन गर्न सक्नेछ ।
(८) सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी सम्बन्धी अन्य व्यवस्था तोकिए
बमोजिम हुनेछ ।